Logo
Logo

मधेशमा गठबन्धन सरकार संकटमा



जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्रकुमार सिंह स्वास्थ्य मन्त्री र नेकपा एसको तर्फबाट संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

जनकपुरधामस्थित मधेश भवनमा नवनियुक्त तीनैजना मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहरण गराएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनमत पार्टीका वसन्त कुशवाहले सम्हालेका थिए । तर, उनीबाट मन्त्रालय खोसेर मुख्यमन्त्री यादवले एकीकृत समाजवादीका न्यौपानेलाई दिएका हुन् । २९ पुसमा विना विभागीय मन्त्री बनेका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए ।

मन्त्री थपिएकै दिन माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । योसँगै मधेमा गठबन्धन सरकार संकटमा परेको छ ।

मन्त्रालय भागबण्डाका लागि सोमबार बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।

प्रतिक्रिया दिनुहोस्