Logo
Logo

प्रधानमन्त्रीलाई भेट्दै सुदूरपश्चिमका मुख्यमन्त्री



काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा बिहान ७ बजे भेट्ने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले बताए। सुदूरपश्चिमलाई स्रोत वितरणमा पछि पारिएको भन्दै संघ सरकारको ध्याकर्षण गराउन प्रधानमन्त्रीसंग भेट्न लागेको मनत्री शाहीले बताए ।

आज (बुधबार) प्रधानमन्त्री प्रचण्डका अतिरिक्त प्रमुख प्रतिपक्षी लगायत राजनीतिक दलका प्रमुख पनि भेट्ने तयारी रहेको उनले बताए ।

संघीय सरकारको आँखामा सुदूरपश्चिम पछाडि पारिएको र स्रोत बाँडफाँटमा बहिष्करणमा नै पारिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डल डेलिगेसनका लागि काठमाडौं आएको हो ।

सुदूरपश्चिम सरकारलाई स्रोतको पहुँचमा कमजोर बनाइएको राजस्व कम उठेको भन्दै समानीकरण अनुदानको अन्तिम किस्ताको भुक्तानीसमेत रोकिएको विषयमा ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्