Logo
Logo

बागमतीमा आजदेखि प्रिबजेटमाथि छलफल



काठमाडौं । बागमती प्रदेशसभामा आजदेखि प्रिबजेट छलफल सुरु हुँदैछ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले हिजो प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुन लागेको हो।

प्रदेशसभा बैठक बिहान ११ बजे प्रदेश राजधानी हेटौंडास्थित प्रदेशसभा हलमा बोलाइएको बागमती प्रदेशसभा सचिव कृष्णहरी खड्काले जानकारी दिए।

प्रदेश सरकारहरुले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्