Logo
Logo

एमालेले भन्यो- कोशी प्रदेश नामको अन्य विकल्प छैन


756
Shares

विराटनगर । नेकपा एमालेले ‘कोशी प्रदेश’को नाम परिवर्तन नहुने बताएको छ । एमालेका कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशको नाम सरकारले चाहेर पनि परिवर्तन हुन नसक्ने निष्कर्ष निकालेको हो ।

आइतबार प्रदेशसभा बैठक बस्नुअघि संसदीय दलको बैठकले प्रदेश नामाकरणको अन्य विकल्प नरहेको निष्कर्षमा एमाले पुगेको हो । बैठकपछि एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘प्रदेशसभाले नाम राखेको हो । सरकारले चाहेर यो परिवर्तन हुँदैन । त्यसैले यसको विकल्प छैन भन्नेमा दलको बैठक एक देखिएको छ ।’

यसैबीच आइतबार पनि पहिचान पक्षधरले विराटनगरमा प्रदर्शन गरेका छन् । प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि सुरू हुने भएपछि पहचान पक्षधरले प्रदर्शन गरेका हुन् । सोक्रममा विराटनगरमा बिहानैदेखि प्रहरीले धरपकड गरेको छ ।

आन्दोलन चर्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगर आसपासमा निषेधाज्ञा जारी गरिएको छ । तर, निषेधाज्ञा नै अवज्ञा गरेर पहिचान पक्षधरले प्रदर्शन जारी राखेका छन् । त्यसक्रममा प्रहरीले एक दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्