Logo
Logo

कोशी प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा



विराटनगर। कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएका छन् ।

बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्। उनी पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताए ।

कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटकपटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको बताए ।

जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए।

प्रतिक्रिया दिनुहोस्