Logo
Logo

कर्णालीको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)


441
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबार प्रदेशसभाको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ नारासहित दीर्घकालीन सोचअनुरूप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादनलाई प्राथमिकता दिएको छ । कार्यक्रममा विशेषगरी कृषि, पर्यटन, स्वास्थ्य र रोजगारीसँग जोडिएर आएको छ ।

प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले वार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्यअनुरूप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताए । मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको पद धारण गर्दैगर्दा प्रदेश सरकारले यो नीति निर्णय हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयनमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ ।

यस्तै, सुर्खेत विमानस्थललाई विस्तार गरिनुका साथै बाल सुधार गृह स्थापना गर्ने सरकारले घोषणा गरेको छ । साथै, कर्णाली प्रदेश सरकारले पुरानै अर्ग्यानिक प्रदेशको योजनालाई निरन्तरता दिएको छ ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्