Logo
Logo

हरिकृष्ण कार्कीविरुद्ध एक दर्जन उजुरी


4k
Shares

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध एक दर्जन उजुरी परेका छन् ।

कामु प्रधानन्यायाधीश कार्कीले पदमा रहँदा पदीय आचरण र आचारसंहिताविपरीत कार्य गरेको भन्दै उजुरीकर्ताले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन् ।

समितिले गत १६ जेठमा १० दिनको समयावधि दिएर उजुरी आह्वान गरेको थियो । उजुरी दिनेमा कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशसम्म रहेका छन् । बहालवाला जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले कार्कीविरुद्ध उजुरी दिएका छन् ।

संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशले उजुरी दिएको यो नै पहिलो घटना हो । न्यायाधीश डा. भट्टराईले कार्कीमाथि प्रधानन्यायधीश पदको सम्मान, गरिमा र ओज कायम राख्नसक्ने हैसियत र ल्याकत नभएको दाबी उजुरीमा गरेका छन् ।

उनले कानुनी रिक्तताको अवस्थामा अवैध रूपमा कार्कीको नाम सिफारिस भएको भन्दै नाम सिफारिस भएको अवस्थामा २० दिनपछि नियमावली बनाएर सुनुवाइ गर्नु गलत हुने दाबी पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्