Logo
Logo

समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आज शुक्रबारबाट सुरू हुँदैछ ।

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् ।अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन हुनेछ । यस महाधिवेशनमा देशभरीका ६५ जिल्लाका ४ सय बढी प्रतिनिधिको सहभागिता हुने संगठनका अध्यक्ष शम्भु श्रेष्ठले बताए ।

उनीहरुलाई सुन्धारामा खान र बस्नेका लागि व्यवस्था गरिएको छ । यसअघि सचिवालय बैठकले २०८० वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यलाई मात्र प्रथम अधिवेशनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्