काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्री उपस्थित नभएको भन्दै विरोध जनाएको पछि बैठक स्थगित भएको हो ।

सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै रास्वपाका सांसदहरूले विरोध जनाएपछि समामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
बैठकमा आव ०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा संघीय संसदको दुवै सदनमा छलफल भइरहेको छ । अर्थमन्त्री महतले राष्ट्रियसभामा सांसहरुले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् ।











