Logo
Logo

पुँजीगत खर्च गर्न नसक्नु चुनौती बन्दैछ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु सरकारका लागि प्रमुख चुनौती रहेको बताएका छन् । राष्ट्रियसभा बैठकमा शुक्रबार आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

सरकारलाई पुँजीगत खर्च गर्न नसक्नु चुनौतीपूर्ण बन्दै गएको भन्दै उनले आगामी आर्थिक वर्षको प्रस्तुत बजेटमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउन बुँदा नम्बर २९ देखि ४६ सम्म बुँदागत रुपमा उल्लेख गरिएको बताए ।

अथमन्त्री महतले भने, ‘पुँजीगत खर्च प्रभावकारी रुपमा हुन नसक्नु भनेको आयोजनाको साइट क्लियरेन्स नहुनु, वनको समस्या समाधान नहुनु र मुआब्जाको समस्या समाधान हुन नसक्नु हो ।’

उनले यस्ता समस्यालाई मध्यनजर गरी पुँजीगत खर्चको प्रभावकारिता नबढ्ने हो भने जतिसुकै ठूला योजना राखेपनि समाधान नहुने बताए । साथै, विश्व बैंकले दिएको अनुदानसमेत खर्च नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले साधारण र चालु खर्चमा स्थानीय तहमा जाने रकमसमेत जोडेर पुँजीगत खर्च ४७१ अर्ब बराबर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्