Logo
Logo

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो ।

आज घटेको भाउसहित छापावाल सुनको भाउ प्रतितोलाको एक लाख ११ हजार रुपैयाँ कायम भएको छ । बुधबार उक्त सुन तोलाको एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहिबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्