Logo
Logo

‘माक्स’ले छोपिएको ‘स्टारडम’


- एमपी सुब्बा


– एमपी सुब्बा
हङकङ आन्दोलनमा ‘मास्क’ लोकप्रिय छ । प्रदर्शनकारीले ‘मास्क’ लगाएर हिंसात्मक गतिविधि गरेको पाइएपछि हङकङ सरकारले ‘मास्क प्रतिबन्ध’ लगाएको छ तर, सरकारी आदेशको आन्दोलनकारीले अवज्ञा गरेका छन् । एउटा कानून निर्माणको विषयलाई लिएर सुरु भएको सरकारविरोधी आन्दोलन ‘माक्स’सम्म पुगेको छ ।

प्रशंग ‘माक्स’कै हो, आन्दोलनको होइन । आन्दोलनसँगै हङकङमा लोकप्रियमात्र होइन ‘माक्स’को बिक्रीसमेत ह्वातै बढेको छ । तर, यता नेपालमा भने जति धेरै फिल्म बन्छ, उत्ति ‘माक्स’को ब्यापार बढ्छ । सुन्दा सामान्य लाग्ने ‘माक्स’ प्रवृति फिल्मी कलाकारमा ठूलै महत्व राख्छ । ‘माक्स’ नेपाली कलाकारका लागि ‘स्टारडम’ हो । तर, यहाँ कसलाई ? केका आधारमा ‘स्टार’ भन्ने निक्र्यौलचाहिँ फिल्मकर्मीसँग छैन ।

बलिउडका ‘महानायक’ अभिनेता अमिताभ बच्चनले समेत सलमानलाई ‘पैसाको बोट’ भनेर स्वीकारेका छन् । तर, सलमानले आफूलाई ‘सपर स्टार’ मान्दैनन् । बलिउडमा ‘महानायक’ अमिताभ बच्चनबाहेक अहिले कोही ‘स्टार’ नभएको उनको भनाइ छ । एक भारतीय अंग्रेजी पत्रिकासँग सलमानले भनेका छन्, ‘पहिले बलिउडमा स्टार थिए, तर, अहिले छैनन् ।’ सञ्जय कपूर र राजेश खन्नाजस्ता ‘सुपर स्टार’ पछिल्लो समय बलिउडमा जन्मिन बाँकी रहेको उनको बुझाइ छ ।

बलिउडमा हालै ‘माक्स’कै प्रशंगमा एउटा मिडियाले ब्यंग्य गर्दै लेखेको थियो, ‘नयाँदिल्लीमा प्रदुषण ह्वातै बढेको धेरै भएको छैन । तर, त्योभन्दा बलिउड सेलिब्रेटी माक्स अनिवार्य लगाउँथे । के उनीहरु यहाँको प्रदुषणबारे पहिल्यै जानकारी थियो ?’ उक्त लेखसँगै एक सेलिब्रेटीले सार्वजनिक समारोहमा माक्स लगाएका तस्बिर पनि थियो । उक्त लेखको आशय बलिउड सेलिब्रेटीको स्टारडममाथि ब्यंग्य थियो । त्यसपछि बलिउडका धेरै सेलिब्रेटीले आफू ‘स्टार’ नभएको अभिव्यक्ति दिन थालेका छन् ।

तर, नेपाली फिल्मका कलाकारहरु भने कसैले ‘स्टार’ ‘सुपर स्टार’ भन्न पर्दैन जबकि, उनी आफैलाई ‘स्टार’ मान्छन् । दर्शकले जेसुकै भनोस्, तर नेपाली फिल क्षेत्रमा ‘स्टार’ ठान्ने कलाकारको भीड छ । त्यसैले भनिन्छ, ‘नेपाली र भारतीय कलाकारमा केही भिन्न छ ।’ उता सेलिब्रेटीले एउटै लेखका कारण ‘आफूहरु स्टार’ नभएको बताउन थालेका छन् । एउटा मिडियाको पावर कतिसम्म हुन्छ भन्ने बुझ्नेलाई ‘माक्स ब्यंग्य’ काफी छ ।
भारतको फिल्मी उद्योग बलिउड संसारकै दोस्रो ठूलो मानिन्छ, जहाँ इमानदारिता, शालिनता र पेसाप्रतिको सम्मानमात्र नभए मिडियाप्रति सजग पनि छन् । तर, नेपाली फिल्म उद्योग, जो उद्योगका रुपमा समेत स्थापित छैन । जहाँका सेलिब्रेटी आफूभन्दा ठूलो स्टार कोही छैन भन्ने खालका छन् । उनीहरुको विषयमा छापिएका गसिप ‘गाली’जस्तो लाग्छ । मनन गर्नु त कहाँ हो कहाँ । सायद त्यसैले नै नेपाली फिल्म क्षेत्रलाई ‘कलिउड’ भनिएको हुन सक्छ ।

अनमोल केसी, प्रदिप खड्का, पल शाहहरुकै शान हेरौँ, उनीहरुको शान बलिउड स्टारलाई माथ खुवाउँने छ । उनीहरु सार्वजनिक स्थलमात्र नभएर समारोहहरुमा ‘माक्स’ भिरेर हिड्छन् । त्यही मुख दशर्शकलाई देखाएर चर्चामा आएका उनीहरु एउटा फिल्म खेलेपछि लुकाउँछन् । र, ‘स्टार’ भएको शान दिन्छन् । तर, बलिउडका कलाकारहरुमा त्यस्तो प्रवृति छैन ।

शानदार अभिनयका कारण बलिउडमा छोटो समयमै स्थापित अभिनेता नवाजुद्दीन सिद्दीकीले अहिलेसम्म आफूलाई स्टार मानेका छ्रैनन् । जो बलिउडको कुसल अभिनेतामध्ये पर्छन् । तर, न उनी माक्स लगाउँछन्, न त उनीमा घमण्डपन नै छ । बलिउड र हलिउड संस्कार सफार्नेतिर अग्रसर छ । तर, नेपाली फिल्मी क्षेत्र ‘अहंमता’मा गु्रजिएको छ । यहाँ कसैले अरुको कुरा सुन्दैन ।

सपनाचाहिँ बलिउड र हलिउडको देख्ने अनि संस्कारचाहिँ पालना नगर्ने नेपाली कलाकारको आदत पुरानो भने होइन । नेपाली फिल्म क्षेत्रको दोस्रो पुस्ता आइपुग्दासम्म ठीकै थियो । तर, जब तेस्रो पुस्तामा आएपछि कलाकारिताको संस्कारसमेत बिर्सन थालिएको छ ।
हालै एउटा टिभी शोमा बलिउड अभिनेता सलमान खानले भनेका थिए, ‘मलाई हिरो भनिएको मनपर्दैन । स्टार त भन्नै नभनौँ ।’ स्टारको ‘ट्याग’ले कलाकारको करिअरमा धक्का पर्ने उनको बुझाइ छ । तर, सलमान बलिउडका ‘स्टार’ मात्र नभएर सुपर स्टार हुन् । उनका हरेक फिल्म बक्स अफिसमा सफल छन् ।

बलिउडका ‘महानायक’ अभिनेता अमिताभ बच्चनले समेत सलमानलाई ‘पैसाको बोट’ भनेर स्वीकारेका छन् । तर, सलमानले आफूलाई ‘सपर स्टार’ मान्दैनन् । बलिउडमा ‘महानायक’ अमिताभ बच्चनबाहेक अहिले कोही ‘स्टार’ नभएको उनको भनाइ छ । एक भारतीय अंग्रेजी पत्रिकासँग सलमानले भनेका छन्, ‘पहिले बलिउडमा स्टार थिए, तर, अहिले छैनन् ।’ सञ्जय कपूर र राजेश खन्नाजस्ता ‘सुपर स्टार’ पछिल्लो समय बलिउडमा जन्मिन बाँकी रहेको उनको बुझाइ छ ।

बलिउड ‘स्टार’ सलमानको भनाइ र नेपाली कलाकारको बुझाइमा कतिसम्म फरक छ, यहाँ तौलिनरहन आवश्यक छैन । एकसेएक अहिले पनि बलिउडमा स्टार छन् । अमिताभ बच्चनबाहेक, सलमान खान, आमिर खान, शाहरुख खान, रजनीकान्त, ऋतिक रोशन, अर्जुन कपुरजस्ता स्टारहरु अहिले बलिउडमा क्रियाशिल छन् । उनीहरुलाई दर्शकले नै दिएको ट्याग हो ‘स्टार’ । तर, उनीहरुमा ‘म स्टार हुँ’ भन्ने भावना पाइँदैन ।

यस्तै, पछिल्लो समय अभिनेता नवाजुद्दीनले ‘स्टार’बारे व्यक्त गरेको धारणाले के बुझिन्छ भने, ‘कलाकारका लागि स्टार ट्याग खराब हो ।’ साउथ इण्डियन फिल्मबाट ‘स्टार’को उपाधि पाएका रजनीकान्तले आफूलाई ‘स्टार’ मानेका छैनन् । फिल्म फेयरसँग उनले केही समयअघि भनेका थिए, ‘हो, म साउथ इण्डियामा स्टार थिएँ, तर यो बलिउड हो । यहाँ कोही स्टार छैन ।’

अभिनेता नवाजुद्दीनले पनि रजनीकान्तकै धारणा व्यक्त गरेका छन् । पछिल्लो सयम नवाजुद्दीनलाई बलिउड स्टार मानिन्छ । यी अभिनेता पनि साउथ फिल्मबाटै ‘मेनस्ट्रिम’मा प्रवेश गरेका हुन् । बलिउडमा कुसल अभिनेता दरिएका उनी आफूलाई कहिल्यै ‘स्टार’ मान्दैनन् । नवाजुद्दीनले आईएएनएससँग भनेका छन्, ‘कुसल एक्टर उ हुनसक्छ र उसले फरक–फरक रोल पनि गर्छ । तर, जब तपाइँलाई स्टारको क्याटगोरी दिइन्छ, त्यसपछि तपाइँ फस्नुहुन्छ ।’ स्टार र सुपरस्टारजस्ता चिज मार्केटिङको रणनीतिका मात्र भएको उनी बताउँछन् । अभिनेता नवाजुद्दीनले भने, ‘त्यसैले मलाई स्टार भनिएको मन पर्दैन ।’

हालैमात्र नवाजुद्दीन अभिनीत कमेडी फिल्म ‘मोतीचूर चकनाचूर’ रिलिज भएको थियो । उक्त फिल्ममा उनी आथिया शेट्टीका साथ देखिएका थिए । तर, त्यसअघि उनी ‘मन्टो’, ‘ठाकरे और सेक्रेड गेम्स’ जस्ता प्रोजेक्ट्समा गम्भीर भूमिकामा देखिएका थिए । पछिल्लो समय नवाजुद्दीनले हल्का–फुल्का फिल्ममा समेत काम गर्ने निर्णय गरेका छन् । तमन्ना भाटियाका साथ फिल्म ‘बोले चूडियाँ’ मा देखिएका नवाजुद्दीन भन्छन्, ‘स्टार त उ हो, जसले कलाकारलाई पर्दामा उतार्छ ।’

अभिनेता नवाजुद्दीनको यो पछिल्लो भनाइप्रति धेरैजसो कलाकार सहमत छन् । नेपाली फिल्ममा समेत बेला–बेला प्राविधिकबारे बहस नहुने होइन । तर, यहाँ बहस हुन्छ, कार्यान्यवन हुँदैन । त्यसैले नेपाली फिल्ममा पर्दा पछाडि काम गर्ने कसैको हेक्का राखिँदैन । एउटा फिल्ममा काम गरेपछि रातारात ‘स्टार’ बनाइन्छ । र, यही उद्योगमा तीन दशकदेखि ट्रली र क्रेन घिसार्नेहरुको समेत ‘माक्स’ लगाएका ती ‘स्टार’लाई हेर्ने हैसियत हुँदैन । हङकङको आन्दोलनमा जस्तै नेपाली फिल्म क्षेत्रमा पनि ‘माक्स’को प्रभाव छ । तर, ‘स्टार’मो मापदण्ड भने शून्य छ ।

प्रतिक्रिया दिनुहोस्