Logo
Logo

प्रभु बैंक र गोर्खा सत्याग्रह समितिबीच खाता सञ्चालनसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेड र गोर्खा सत्याग्रह समिति नेपालबीच ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भूतपूर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ खाता सञ्चालन गर्नेसम्बन्धी एक सम्झौता सम्पन्न भएको छ । गोर्खा सत्याग्रह समिति नेपालका तर्पmबाट अध्यक्ष कृष्णबहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हालै एक समारोहकाबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंकको कमलादी शाखा कार्यालयमा आप्mनो नाममा खाता खोली कारोबार गर्नेछ र गोर्खा सत्याग्रह समिति नेपालका सदस्यले पनि प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ । गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले बैंकमा प्रभु स्पेशल सेभिङ खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ । प्रभु स्पेशल सेभिङ खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले शून्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालको लागि वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ ।

युपिआई कार्डको सेवा शुल्क (पहिलो वर्षको लागि मात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्ग दर्ता गर्दा लाग्ने सेवा शुल्क निःशुल्क प्राप्त हुनेछ । यो सम्झौता बमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राप्mट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ उपभोग गरेबापत लाग्ने सेवा शुल्कमा ५०% छुट समेत प्राप्त गर्नेछन् । साथै, स्पेशल प्रभु सेभिङ खातामा सम्बन्धित सैनिकको पहिलोपटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा रु. ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षकअन्तर्गत विनाधितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्थासमेत रहेको छ ।

यसबाट ब्रिटिश सरकारको सैनिक सेवाका कार्यरत तथा भुतपुर्व ब्रिटिश सैनिकहरुलाई विशेष सुविधा उपलब्ध हुने भएकाले प्रभु बैंककमा प्रभु स्पेशल सेभिङ खाता खोली लाभ उठाउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्