Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ २९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७८ पैसा रहेको छ।

शनिबार डलरको खरिद दर १३१ रूपैयाँ २९ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७९ पैसा रहेको थियो । डलरको खरिद दर १ रूपैयाँ ४९ पैसा र बिक्रीदरमा ३९ पैसाले डलरको भाउ बढेको छ ।

उता युरो एकको खरिद दर १४२ रूपैयाँ २ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको थियो । युरो खरिद दर ६० पैसा र बिक्रीदरमा ४० पैसाले युरेको भाउ घटेको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा र बिक्री दर १६८ रूपैयाँ ०६ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २६ पैसा र बिक्रीदर १० रूपैयाँ ३१ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८८ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा तोकिएको छ

प्रतिक्रिया दिनुहोस्