Logo
Logo

संखुवासभामा बाढी : एकको मृत्यु २१ जना बेपत्ता


819
Shares

संखुवासभा । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन–९ का सन्तोष राईको मृत्यु भएको छ ।

हेवा खोलामा उर्लिएर आएको बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कविहीन भएका छन् । संखुवासभाका डीएसपी वीरेन्द्र गोदारका अनुसार सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् । आज बिहान दुई जना सम्पर्कमा आएका प्रहरीले जनाएको छ । सम्पर्क आएका उनी सुपर होवा हाइड्रोपावरका कामदार हुन् ।

चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको छ । खोजी तथा उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्