Logo
Logo

जेठमा मनकामना केबलकार यात्रा गर्नेको संख्या अहिलेसम्मकै उच्च



काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ । आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकारमार्फत मनकामना यात्रा गरेका छन् ।

यस वर्षको जेठमा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । यसअघि आव २०७५÷७६ मा जेठ महिनामा नै १ लाख ३५ हजार २७२ जनाको मासिक रेकर्ड थियो जुन यस आवको जेठ महिनामै तोडिएको छ । यसरी यस आवको जेठ महिनाको औसत प्रतिदिन यात्री चार हजार ७०० पुगेको छ ।

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २,६९,७६०९ २६।४१५० भारतीयहरुले मनकामना भ्रमण गरेको जनाइएको छ । पहिलो नम्बरमा ७,०५,५९३ ९६९।०८५० सहित नेपाली यात्री रहेका छन् । यस वर्ष भने औसत प्रतिदिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्