Logo
Logo

घोराही सिमेन्टको आईपीओमा झुटो विवरण पेस गर्नेलाई कारबाही गर्छौं : अध्यक्ष हमाल


1.4k
Shares

काठडमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले घोराही सिमेन्टको आईपीओमा झुटो विवरण पेस गरेर आवेदन दिनेलाई कारबाही गर्ने बताएका छन् ।

अर्थ समितिको बैठकमा उनले सेयर निष्कासन भएपछि आवेदन दिँदा बदमासी भएको थाहा पाएपछि आवेदन दिने प्रकृया रोकेको र झुटा विवरण पेस गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए ।

‘घोराही सिमेन्टको रेटिङ कम्पनीको स्वार्थ बाझिएको गुनासो छ । त्यसमा हामीले प्रारम्भिक अध्ययन गरिसकेका छौं । फेक आवेदन दिएर जनतालाई भ्रममा पारिएको छ । यो कम्पनी राम्रो रहेछ भनेर देखाउन खोजिएको छ । अर्को भनेको अण्डरराइटिङ प्रक्रिया नै गलत गरेको देखिएको छ । सोही अनुरुप छानविन प्रक्रिया अघि बढाएको छ’, उनले भने ।

जसले आईपीओ निष्कासन गरेको हो उसैले नै व्यापक चलखेल गरेको उजुरीहरु आएपछि तत्कालै उक्त प्रक्रिया स्थगित गरेर छानविन प्रक्रिया अघि बढाको उनको भनाई छ ।

‘हिजो आर्टिफिसियल रुपमा ओभर सब्सक्राइब गर्न खोजेको, जनतालाई झुक्याउन खोजेको, १२ ओटा आवेदनकर्ताले प्रति व्यक्ति १० लाख कित्ता (४३ करोड ५० लाख) बराबरको आवेदन दिइएको पाइएको छ । यसले घोराही सिमेन्टमा जनताको आकर्षण छ भनेर देखाउन खोजिएको छ’ उनले भने, ‘यस्तो देखिएपछि हामीले ५ घन्टा बाहिर नगई छलफल गरेर जनताको लगानी संरक्षण गर्न पर्छ भनेर रोक्का गरेका छौं ।’

आवेदन दिनेको पैसा बैंकले काटिसकेको अवस्थामा निर्णय गर्न समस्या हुने भएका कारण हिजै सार्वजनिक निष्कासन रोक्न निर्देशन दिएको हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्