
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा ४ मन्त्रालयकाे बजेटमाथि छलफल जारी रहनेछ । युवा तथा खेलकुद, शिक्षा, कानुन र कृषि मन्त्रालयका बजेटमाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।
हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।












