Logo
Logo

रास्वपाकाे केन्द्रीय कार्यालय बालाजु सर्यो


9.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बालाजु सारिएको छ । बसुन्धरास्थित सानो आठ कोठे कार्यालयबाट रास्वपा बालाजुस्थित समृद्धि स्कुल नजिकैको नयाँ ६ तले भवनमा आज सारिएको हो ।

मासिक ३ लाख ५० हजार भाडा तिर्ने गरी सर्न लागिएको उक्त आधुनिक भवनमा रास्वपाका नेताहरुले बुधबार गृहप्रवेश पूजा गरिसकेका छन् ।

बुधबार गृहप्रवेश पूजा भइसकेपछि बिहीबार बिहान बसुन्धराबाट बालाजुस्थित कार्यालयमा औपचारिक कार्यक्रम गरिने महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्