Logo
Logo

आवश्यकता परे बजेट संशोधन गर्न सरकार तयार छ : सञ्चारमन्त्री


504
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बजेटमा संशोधन गर्दैमा सरकार असफल नहुने बताएकी छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

हालै अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट संशोधन गर्न माग उठिरहेको छ । विषेशगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट संशोधन गर्नुपर्ने माग गर्दै आएको छ ।

यसैबेला मन्त्री शर्माले नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्नै मिल्दैन भन्ने बुझाई गलत हो । बजेट संशोधन गर्नुपर्ने अवस्था हुँदैमा सरकार असफल हुने भन्ने हुँदैन ।’

पहिलेका सरकारले ल्याएका बजेटमा पनि सबैको चित्त बुझेको भन्ने नभएको बताउँदै मन्त्री शर्माले भनिन्, ‘हामीलाई थाहै छ, पहिले एउटै पार्टी नेकपा हुँदासमेत बजेटका विषयमा संसद्मा असन्तुष्टिहरू आएकै हुन् । असन्तुष्टि आउने कुरा स्वाभाविक हो । सरकारसँग असीमित स्रोत छैन, सीमितता छ । अहिले असन्तुलित भयो भन्ने जायज हुन् ।’

बजेट संशोधन गर्नुपर्ने अवस्थाका लागि समेत सरकार तयार रहेको उनले बताइन् । मन्त्री शर्माले भनिन्, ‘बजेट संशोधन गर्न मिल्दैन भन्ने बुझाई परम्परागत हो, त्यस्तो कानुनमा लेखिएको कुरा होइन, विगतमा पनि बजेटमा संशोधन भएको थियो । अहिले पनि संशोधन हुँदैन भनेर जसरी प्रचार भइरहेको छ, यो गलत छ । बजेट संशोधन गर्नुपर्ने अवस्था भएर सरकार नै ढल्ने भन्ने हुँदैन । बरू आवश्यकता प¥यो भने बजेटमा संशोधन गरेर पनि जान्छौं ।’

प्रतिक्रिया दिनुहोस्