Logo
Logo

हिन्दी फिल्म चल्न नदिने महानगरको निर्णयविरुद्ध मद्दा दायर



काठमाडौं । काठमाडौं महानगरको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ अदालत पुगेको छ । महानगरभित्रका सिनेमा हलमा कुनैपनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन साहको निर्णयविरुद्ध चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार बुधबार नै मुद्दा दर्ता भएको छ । ‘आदिपुरुष’माति प्रतिबन्ध गर्न उचिच भएपनि सबै भारतीय फिल्ममाथि प्रतिबन्ध गरिएको भन्दै संघले मद्दा दायर गरेको छ । उक्त मुद्दाको बिहीबार सुनुवाइ हुने भएको छ ।
संघका कानुनी सल्लाहकार तथा अधिवक्ता जयलाल भण्डारीमार्फत उजुरी दर्ता गरिएको हो । संघले दायर गरेको मुद्दामा मेयर बालेन साह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

काठमाडौं महानगरका मेयर साहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद फिल्मबाट नहटाएसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्