Logo
Logo

एकीकृत समाजवादीका सांसद खड्का सवार जिप दुर्घटना, ९ जना घाइते


7.2k
Shares

सुर्खेत । नेकपा एकीकृत समाजवादीका सांसद एवं कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी जिप दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जिप रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा शनिबार दिउँसो दुर्घटनामा परेको हो ।

रुकुम प्रहरीका अनुसार दुर्घटनामा सांसद खड्कासहित ९ जना घाइते भएका छन् । घाइते हुनेमा चौरजहारी नगरपालिका–७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेको प्रहरीले जनाएको छ ।

गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा जिप अनियन्त्रित भई सडकबाट चार मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए । घाइतेहरुको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्