Logo
Logo

बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेट माथी छलफल हुने


504
Shares

हेटौडा । बाग्मती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक प्रदेश सभा सचिवालय भवन, हेटौडामा दिउँसो १ बजे बोलाईएको छ।

आजबाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि आजबाट छलफल सुरु हुनेछ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मंगलबार देखी बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो ।

सो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्