Logo
Logo

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक बस्दै


1.4k
Shares

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएपछि सो विषयमा छलफल गर्न माओवादीले बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

विश्वासको मत नदिने सम्बन्धी रणनीति बनाउने विषयमा संसदीय दलको बैठक बस्न लागेको कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री तथा माओवादीका प्रदेश सभा सदस्य दुर्गाप्रसाद चापागाईँले बताए ।

कोशी प्रदेशमा सरकार बाहिर रहेका दलहरूका बिचमा यो सरकारलाई विश्वासको मत नदिने सहमति भएको उनले बताए ।कोशी प्रदेश सभामा माअ‍ोवादीको सभामुख सहित १३ सिट रहेको छ । नेपाली काँग्रेसको २९, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ ।

विपक्षी गठबन्धनको सबै सदस्य गन्दा सभामुख बाहेक ४६ सिट मात्रै पुग्ने छ । बराबरी मत भएको अवस्थामा सभामुखले विश्वासको मत दिने की नदिने विषयमा विवाद रहेको छ । मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे विश्वासको मत लिनका लागि संसद्को बैठक आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्