विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा समक्ष विश्वासको मत मागेका छन् । आज सुरु भएको प्रदेशसभाको तेस्रो बैठकमा म्ख्यमन्त्री कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको समेत बताए । उनले भने, ‘त्यसैले सर्वदलीय सरकारका लागि म तयार छु ।’

मुख्यमन्त्री कार्कीले प्रदेश नामकरणको विषयमा भएको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा सरकार रहेको पनि बताए । प्रदेशसभाले गरेको निर्णयमा केन्द्रीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आगोमा घ्यू थप्ने काम गरेको आरोप लगाए ।
उनले भने, ‘विनाकारण प्रदेश संरचनालाई जनताको अगाडि मुखै देखाउन नहुने जुन खालका काम हामीले गरिरहेका छौं साथीहरू । फेरि पनि भोलि यो प्रदेश हुनेछ । प्रदेशसभाको माननीय हुनेछन् । मैले हिजो हुँदा के गरेँ भनेर आत्मसाक्षी राखेर ग¥यो भने पछुताउनुपर्नेछ । यो प्रदेश सरकार ९२ जना माननीय र प्रदेशभरका जनताको आफ्नै सरकार हो ।’
उनले प्रदेश मध्यावधितर्फ जाने भन्दै त्यो खर्चिलो हुने र प्रदेशकै संरचनाप्रति वितृष्णा बढाउने काम हुने बताए । कोशी प्रदेशभित्र त्यहीबाट अस्थिरताको खेल सुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले त्यही कारण संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताए । मुख्यमन्त्री कार्कीले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने रुची छ ।











