Logo
Logo

मुक्तिनाथ विकास बैंकको १८.५३ प्रतिशत लाभांश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८.५३ प्रतिशत लाभांश दिने भएको छ । सोमबार पोखरामा सम्पन्न बैंकको १३औँ वार्षिक साधारणसभाले १७.६० बोनस सेयर तथा कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको नियुक्तिलगायत विभिन्न प्रस्तावसमेत पारित गरेको छ । साथै, सभाले बैंकको नयाँ सञ्चालक समितिसमेत गठन भएको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ, रवीन्द्रमान श्रेष्ठ, निर्मलाकुमारी केसी (कार्की) र शालिग्राम मिश्र चयन भएको बैंकका प्रमुख सूचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्