विराटनगर । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापाले ४७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष ४७ सांसदसहित थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । थापालाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदले साथ दिएका छन् ।
माओवादी केन्द्र र जसपाले नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै प्रदेश सभामा लिएको विश्वासको मत असफल भएपछि थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।











