Logo
Logo

तौलिहवामा प्रभु बैंकको शाखा विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–१ स्थित तौलिहवामा आफ्नो २०२औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले गर्नुभएको हो । यो शाखासहित प्रभुको कूल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटियम संख्या १५२ पुगेको छ ।

बैंकको तौलिहवामा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि सिंहले प्रभुले तौलिहवामा आफ्नोे शाखा सञ्चालनमाल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ सेवा प्रदान गरी प्रशंसनीय काम गरेको बताउनुभयो । मन्तव्यको क्रममा उहाँले बैंकको यस अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो । बैंकको तौलिहवा शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।

यस शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले त्यहाँका स्थानीयवासी, उद्योगी–व्यापारी तथा अन्य संघ–संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानीय स्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा तौलिहवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्