Logo
Logo

सिभिल बैंकको नवौं वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिभिल बैंकको नवौं वार्षिक साधारण सभामिति यही पुस ६ गते डिल्लीबजारस्थित अमृतभोग क्याटरिङमा डिल्लीबजारमा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रतिशेयर ६.५७५ का दरले हुन आउने रु. ५२,५८,२२,७०१।५८ (अक्षरेपी बाउन्न करोड अन्ठाउन्न लाख बाइस हजार सात सय एक रुपैया अन्ठाउन्न पैसा मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

साथै सभाले आव २०७६/७७को लेखापरीक्षण गर्नका लागि एनबीएसएम एण्ड एशोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा गाभ्ने र गाभिन (मर्जर ) वा प्राप्ति (एक्विजिसन ) गर्ने÷हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

नेपालमै पहिलोपटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । हाल सिभिल बैंकको शाखा संख्या १०२ र एटियम संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्