
काठमाडौं । नेकपा एमालेले प्रचार विभागमा थप एघार जनालाई मनोनीत गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले प्रचार विभागमा थप ११ जना सदस्यहरु मनोनीत गरेको हो ।
प्रचार विभाग प्रमुखको सिफारिसमा डा. महेन्द्र बिष्ट, गणेश पाण्डे, राजेश राई र लिलाराज भट्टराईलाई सदस्य मनोनीत गरिएको छ । बिष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।
पाण्डे र राई प्रेस चौतारी नेपालका उपाध्यक्ष छन् । भट्टराई पूर्व उपाध्यक्ष हुन् । चौतारीका पूर्व नेताहरु अक्षरी पोखरेल, लालबाबु शेख, शेरबहादुर केसी, दीपक ज्ञवाली, रामकृष्ण ज्ञवाली, सूर्यमणि गौतम र हेमन्त पौडेल प्रचार विभाग सदस्य मनोनित भएका छन् ।
यसअघि प्रचार विभागमा निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका बिष्ट र रोशन खड्का सदस्य थिए ।











