Logo
Logo

मेनपावर व्यवसायीद्धारा अध्यागमन विभाग घेराउ


1.6k
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन् ।

अध्यागमन विभागले कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेपछि मेनपावर व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

आइतबार २–३ सयको हाराहारीमा रहेका व्यवसायीहरूले विभागको कार्यालयमा विरोध प्रदर्शनसहित नाराबाजी गर्नुका साथै अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् ।

संघका महासचिव मेघनाथ भुर्तेलले विना कारण श्रमिकलाई रोक्ने डिजीले राजीनामा दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्