काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता माग गर्दै सहकारी पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको बानेश्वरमा पुगेर सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितहरूको आरोप छ । विद्यमान परिस्थितलाई मध्यनजर गर्दै सहकारी पीडित सदस्य बचतकर्ताको हितमा हुने गरी सहकारी ऐन संशोधन गर्नुपर्ने, संचालनमा रहेका बचत तथा ऋण सहकारी सञ्चालक समिति कर्मचारी उनका परिवार आफन्त नातागोता र निजका तीन पुस्ते सम्पति छनाबिन र अनुगमन गर्न माग गरेका छन् ।














