Logo
Logo

नागरिक लगानी कोषले कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल दिने


18.2k
Shares

काठमाडौं । नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो ।

कोषका अनुसार आर्थिक बर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रहकम रहेका सहभागीहरुलाई उक्त आर्थिक बर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो ।

यसभन्दा अघि पनि कोषले १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिएको थियो । यसरी वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रमहरुमध्ये कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए ।

अन्य ५ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्