Logo
Logo

रास्वपाको उदयपछि विदेशी युवाको संख्या बढ्यो- पाेखरेल


3.8k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछि युवाहरु विदेश जाने दर ह्वात्तै बढेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमाफर्तत नेता पोखरेलले विदेश गएकाहरूलाई स्वदेश फर्काउँछौँ भन्नेहरू राष्ट्रिय दलका रुपमा उदाएपछि विदेशी युवाहरुको दर ह्वात्तै बढेको बताएका हुन् ।

रास्वपाका सभापति रवि लामिछानेले गत मंसिरमा सम्पन्न आम निर्वाचनको पूूर्वसंघारमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउने बताएका थिए ।

महासचिव पोखरेलले त्यही लोकप्रिय भाषणका कारण नयाँ दल राष्ट्रिय पार्टीका रुपमा उदाएको तर उनीहरूको उदयपछि विदेशिनेको संख्या झनै बढेको आरोप लगाएका हुन् । एमाले सरकारमा हुँदा विदेश जानेको संख्या घटेको दावी पनि उनले गरे ।

’तथ्यहीन रुपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हाे । विदेशमा गएकाहरुलाई देश फर्काउँछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशिनेको संख्या झनै बढ्यो, उनले भनेका छन् ।

नयाँ र पुरानाको पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठीक र बेठीक छुट्याउनुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्