Logo
Logo

हेमबहादुर मल्ल सम्मान गोरक्षबहादुर प्रधान र भानुप्रसाद आचार्यलाई


1.6k
Shares

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७/०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ ।

मंगलबार काठमाडौंमा नेपाल जनप्रशासन संघ र साल्ट टेनिङ कर्पोरेशनले संयुक्त रुपमा पत्रकार सम्मेलनमार्फत सम्मान घोषणा गरेको हो ।

संघले ख्याती प्राप्त प्रशासक र व्यवस्थापक स्वर्गिय हेमबहादुर मल्लले साल्ट टेनिङ कर्पोरेशनको नेतृत्व तहमा रहि उत्कृष्ट योगदान पुर्याएबापत उनको सम्झानामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि वास्कोटाले बताए ।

उनले हेमबहादुर मल्ल सम्मान वर्षेनी सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई नगत दुई लाखसहित सम्मानपत्र प्रदान गर्ने गरेको बताए ।

उनले विगतको जस्तो हेमबहादुर मल्ल सम्मान २०७७ बाट गारेक्षबहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिने र हेमबहादुर मल्ल सम्मान २०७८ बाट भानुप्रसाद आचार्यलाई प्रदान गरिने बताए ।

नेपाल जनप्रशासन संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ- राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान उच्च राखेको जस्ता उल्लेखनिय कार्य गरेवापत् हेम बहादुर मल्ल सम्मान, २०७७ का लागि गोरक्ष बहादुर न्हुछे प्रधान र समर्पित रहेको र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान उच्च राखेको जस्ता उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७८ का लागि भानुप्रसाद आचार्यलाई सर्वाधिक योग्य ठहर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्