Logo
Logo

क्लोजिङका आधारमा युनिलिभरको मूल्य हालसम्मकै उच्च



काठमाडौं । नेप्सेमा सूचीकृत सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालको सेयर हालसम्मकै उच्च विन्दुमा बन्द भएको छ ।

क्लोजिङ प्राइसका आधारमा युनिलिभरले मंगलबार हालसम्मकै उच्च रेकर्ड बनाएको हो । त्यस दिन युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ३६ हजार ३०० रुपैयाँमा बन्द भएको छ । यो क्लोजिङ भाउ हालसम्मकै उच्च हो । सोमबार कुल ८१६ कित्ता सेयर कारोबार भएको छ ।

यसको सेयर भाउ मंगलबार एकैदिन ८.३९% अर्थात २ हजार ८११ रुपैयाँले बढेको छ । त्यसदिन युनिलिभरको सेयर न्यूनतम ३२ हजार ८१९ रुपैयाँ ३० पैसादेखि अधिकतम ३६ हजार ४९९ रुपैयाँ ३० पैसासम्म खरिदबिक्री भएको छ । बन्द हुने बेलामा भने ३६ हजार ३०० रुपैयाँमा बन्द भएको हो ।

कम्पनीले यसअघि जुन १२ तारिकमा बनाएको ३४ हजार ३९९ रुपैयाँको क्लोजिङ रेकर्ड मंगलबार तोडेको हो । युनिलिभरको सेयर मूल्यले गत जुन १३ तारिकमा इन्ट्राडे कारोबारमा प्रतिकित्ता ३७ हजार ८३८ रुपैयाँको अल टाइम हाई विन्दु छोएको थियो ।

प्रतिक्रिया दिनुहोस्