Logo
Logo

महानगरले भत्कायाे भद्रकुमारी घले सेवा सदन


9.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन आज बुधबार डोजर चलाएको हो ।

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो । अहिले डोजर लगाएर उक्त भवन भत्काउने काम भइरहेको छ ।

भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।
 

प्रतिक्रिया दिनुहोस्