Logo
Logo

कांग्रेस बैठकमा उठ्यो प्रश्न : आफ्नै नेता पक्राउ पर्दा गगन-विश्वप्रकाश किन खुसी ?


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँडको विषयलाई लिएर विवाद देखिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता पक्राउ पर्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै धन्यवाद दिएको भन्दै बैठकमा आलोचना भएको हो ।

मंगबारदेखि जारी बैठकमा बुधबार केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले आफ्नै नेता पक्राउ पर्दा पार्टीले गृहमन्त्रीलाई धन्यवाद दिएप्रति प्रश्न उठाएकी हुन । उनले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।’ यस्तै अभियोग लागेका अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको उनले दाबी गरिन् ।

पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनको भनाइ छ । नेता खतिवडाले भनिन्, ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पु¥याउनुहोला ।’

उनले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उक्त प्रश्न उठाएकी हुन् । जतिखेर खाँण पक्राउ पर्दा उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ष्ठलाई धन्यवाद दिएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित अन्य व्यक्ति पक्राउ परेलगत्तै कांग्रेसका केही नेता गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका थिए । कतिपय नेताले खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने समेत बताउँदै आएका छन् । तर, पार्टी सभपति शेरबहादुर देउवाले खाँणलाई जोगाउँदै आएका छन् ।

भ्रष्टाचार मुद्धामा आरोपी सावित भइ जेल जाँदा समेत पार्टीले खाँणलाई कुनै कारबाही नगरेको भन्दै महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायततका नेताले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्