Logo
Logo

पशुपतिनाथ मन्दिर परिसरमा ‘धराने बगैचा’


1.6k
Shares

काठमाडौं । पशुपति विकाश कोषले अध्यात्मिक बगैचा बनाउन पशुपतिनाथ मन्दिर परिसरमा रहेको कम्पाउण्डवालसहित झण्डै एक विगाह जमिन काठमाडौ वस्दै आएका धरानेलाई उपलव्ध गराएको छ । स्वच्छ पशुपति, सफा पशुपति भन्ने कार्यक्रमअन्तर्गत कोषले पशुपति क्षेत्रको ३४ वटा स्थानहरुमा सरसफाईसहित बगैचा निर्माण तथा वृक्षारोपण कार्यक्रमका लागी गत महिना आवेदनको आव्हान गरेको थियो ।

सो आवेदनमा धरान बाहिरका धराने नामको संस्थाले पनि निवेदन दिएको थियो । उक्त संस्थाका संयोजक राजेन्द्र रिमालले आवेदन परेपछि खुसी व्यक्त गरेका छन् । सो बगैचा चार महिनाभित्र आफनै खर्चमा तयार गरि कोषलाई हस्तान्तरण गर्नुपर्ने छ ।

यसपटक १३ वटा संस्थाले बगैचा बनाउने अवसर पाएका छन् । जसमा प्रथम हुनेलाई ३ लाख, दोश्रोलाई २ लाख र तेश्रोलाई १ लाख पुरस्कारको समेत व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतरमण भण्डारीले बताए । धरानेहरुले पाएको सो स्थान गौशाला चोकदेखि पशुपतिनाथको मुख्य गेट जाने बाटोमा पर्दछ । बलियो पर्खालले घेरिएको सो बगैचाको गेटमा सुरक्षाका लागि पर्यटक प्रहरी बस्ने घर रहेको छ ।

बगैचा बनाउन निवेदन दिन प्रोत्साहन दिने धरानका पत्रकार तथा सामाजिक अभियन्ता आनन्द श्रेष्ठ सो बगैचाको परिकल्पनाकार रहेका छन । श्रेष्ठले दिएको जानकारी अनुसार सो स्थानमा धरानको चारवटा मन्दिरहरुको रुप झल्कने जैविक मन्दिरहरु बनाइने छ ।

उनका अनुसार उक्त बगैचामा धरानस्थित वुढासुव्वा मन्दिर छेउमा रहेको टुप्पा विनाको वासको विरुवा रोपिने छ भने पिण्डेश्वर मन्दिरनजिक रुद्राक्षको विरुवा रोपिने छ । यस्तै, दन्तकाली मन्दिर छेउ सुपारी र नरीवलको बोट, पन्चकन्या मन्दिर छेउमा सालको बोट रोपिनेछ ।

ती मन्दिरका विरुवा पुजारीको हातबाट लिएर शनिबार बिहान संस्कृति, पर्यटन तथा उडययनमन्त्री सुदन किरातीको हातबाट बगैचामा रोपण गरिन कार्यक्रम रहेको संयोजक रिमानले जानकारी दिए ।

उनका अनुसार बगैचामा नेपाललगायत चीन, थाईल्याण्ड र इण्डोनेसियामा पाइने रंगीविरंगी वासका प्रजातिहरु रोपिने छ । कोषले सो स्थान उपलव्ध गराएकै दिन धरानका डिजाइनर ईन्जिनियर सुमन श्रेष्ठको सर्भे टोलीले जमिनको सर्भे गरेर डिजाइन कार्य थालनी गरेका छन । सो बगैचा निर्माण गर्न यहि श्रावण ६ गते शनिबार बिहान ८ बजे काठमाडौ बस्ने धराने सेलिब्रेटी, व्यापारी र उद्योगीलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्