Logo
Logo

रोकियो काठमाडौंको फोहोर


2.2k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर रोकिएको छ । बिहीबार ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएपछि फोहर नउठ्ने भएको हो ।तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बैठक बसेको हो ।

बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीयवासी तथा शहरी विकासमन्त्री सीता गुरुङसहितका टोलीबीच बसेको बैठक विनानिष्कर्ष सकिएको थियो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले सरोकारवाला र सरकारबीच छलफल बिनानिष्कर्ष सकिएको जानकारी दिए । छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ ।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुर्गन्ध फैलिएको भन्दै तीन दिनदेखि स्थानीयवासीले फोहर बोकेका गाडी रोकिरहेका छन् । तर, बुधबार तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन र फोहोरबाट फैलिएको दुर्गन्ध न्युनीकरणका उपायबारे प्रारम्भिक छलफलमात्रै भएको उनले बताए ।

छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगा फैलिएकाले स्थानीयलाई बस्न अफठ्यारो भएको र तत्काल नियन्त्रण गर्न फोहर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएको स्थानीयले बताएका थिए ।

क्यापिङको लागि माटोको समस्या भएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सिमांकन हटाएर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउने उनको भनाइ छ । साथै, फोहोरसँगै मान्छे बस्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीलाई मुआब्जा दिएर स्थान्तरण गर्न इआईए गर्न बिहीबारदेखि प्राविधिक खटाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्