Logo
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद


19.8k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै सय किलो सुन बरामद भएको भएको छ ।

राजश्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार झण्डै सय किलोभन्दा धेरै सुन बदामद गरिएको हो । अहिले पनि अपरेसन जारी रहेकाले सुन अझै धेरै हुनसक्ने अनुमान गरिएको छ । आज बरामद गरिएको सुन अहिलेसम्मकै ठूलो परिणामको सुन रहेको अनुमान गरिएको छ ।

सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरिएको हो । स्कुटरको पार्ट घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको विभागका एक अधिकारीले बताएका छन् ।

हङकङबाट ल्याइएको सुन विमानस्थल भन्सार कार्यालयको बाहिर बरामद गरिएको हो । सुनसँगै भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालक पक्राउ परेका छन् । सुन सुन तस्करीको नाइकेको खोजी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्