Logo
Logo

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीवार) पहेँलो धातु सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँ बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यो मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसअघि गत जेठ १८ मा सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार भने सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार ४९५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्