Logo
Logo

गैरकानुनी काममा मेरो नाम जोडिनु दुःखद : दीपक मल्होत्रा


4.2k
Shares

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बुधवार सिनामंगलबाट बरामद गरिएको ठूलो परिमाणको सुन तस्करीमा आफ्नो कुनै पनि प्रकृतिको संलग्नता नरहेको बताएका छन् ।

केही सञ्चारमाध्यमले बरामद गरिएको सुन मल्होत्राको रहेको समाचार प्रकाशन गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवसायी मल्होत्राले यस्तो गैर कानुनी कार्यमा आफू र आफ्ना परिवारको कुनै संलग्नता नरहेको बताएका हुने ।

पत्रकार सम्मेलनमा मल्होत्राले भने– ‘आजसम्म म र मेरो परिवारले नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि काम गरेको छैन । यस्तो गैर कानुनी काममा मेरो नाम जोडिनु दुःखद कुरा हो । यसको खण्डन गर्न चाहन्छु ।’

व्यवसायी मल्होत्राले मुख्य अभियुक्तलाई उन्मुक्ति दिने षड्यन्त्रका साथ मंगलबार भएको सुन बरामदमा आफ्नो नाम जोडिएको समेत आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा मल्होत्राले भने– ‘मेरो बिचारमा बरामद गरिएको सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिने योजनासहित गलत तरिकाले मेरो नाम मुछिएको छ । मुख्य कारोबारीलाई उन्मुक्ति दिने प्रयास भएको देख्छु ।’

बुधकार राती राजश्व अनुसन्धान विभागले झन्डै सय किलो सुन काठमाडौंको सिनामंगलबाट बरामद गरेको थियो । सोही प्रकरणमा नाम जोडिएपछि मल्होत्राले पत्रकार सम्मेलन गरेर खण्डन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्