Logo
Logo

बरामद सुन जोख्न टक्सार लगियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नलाई राष्ट्र बैंकको टक्सार विभाग लगिएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित र टक्सार महाशाखामा पठाएको हो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागबाट बुधबार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

बरामद सुनको परिमाण यकिन भइनसकेपनि करिब एक सय किलो (एक क्वीटल) रहेको अन्मान गरिएको छ । सुनको तौल ठ्याक्कै यकिन नहुँदा विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् । यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्