Logo
Logo

प्रहरी हिरासतमै महिला मृत भेटिइन्


22.7k
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमै एक थुनुवा महिला मृत भेटिएकी छिन् ।

चक्रघटा गाउँपालिका ८ की अन्दाजी ४० वर्षिया हजरत खातुन प्रहरी हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित खातुनसहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

भन्सारले ३ लाख ३९ हजार धरौटी बुझाए छाड्ने भनेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । उनको मृत्युकाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्