Logo
Logo

सीजी एग्रोटेक र डीएमसीसीबीच एसियामा व्यापार सहजीकरण गर्न साझेदारी



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ ।

सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजी एग्रोटेकले जनाएको छ । हालै सम्पन्न एक समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार सहकार्यले डीएमसी र सीजी एग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्नेछ ।

यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता प्रति उत्साह व्यक्त गर्दै सीजी एग्रोटेकका प्रवन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल–युएई बीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने बताए ।

उनका अनुसार डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयाल अहमदीले हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्