Logo
Logo

११ ब्रोकरले पाए कारोबार अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई धितोपत्र दोस्रो बजारको कारोबार गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति दिएको हो ।

बोर्डबाट कारोबार पाउने नयाँ ब्रोकरको संख्या अब २९ पुगेको छ । पहिलो चरणमा सात वटा र दोस्रो चरणमा ११ वटा ब्रोकरले लाइसेन्स पाएका थिए ।

बिहीबार पाउनेमा तेस्रो चरणका ब्रोकर रहेका छन् । लाइसेन्सका लागि कुल ४३ वटा ब्रोकरले आवेदन दिएका थिए । नेप्सेबाट पहिलो चरणमा सात वटा ब्रोकरले स्वीकृति भएर कारोबार सुरू गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्