Logo
Logo

ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली यही २ साउनमा त्यसतर्फ प्रस्थान गरेका थिए । हाल कम्बोडियामा रहेका तथा पूर्वप्रधानमन्त्री ओलीले शनिबार राजधानी नोम्पेनमा प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गरेको ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।

ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । विमानस्थलमै पाकिस्तानका पूव प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट भएको थियो ।

त्यस्तै, ओलीले नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटघाट गरेका छन् । आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका थिए । उनी उनी साउन ८ गते सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्