
काठमाडौ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। आइतबार सुनको भाउ तोला प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
योसँगै छापावाल प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको भाउ १ लाख ११ हजार ७५० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।











