Logo
Logo
कांग्रेस केन्द्रीय समिति बैठक

कांग्रेस सहमहामन्त्री यादवको आरोप- बालकृष्ण खाँणलाई राज्यले फसायो


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बालकृष्ण खाँणलाई राज्यले फसाएको आरोप लगाएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका नेता खाँणलाई राज्यले फसाएर अन्याय गरेको दावी गरेका हुन् ।

सहमहामन्त्री यादवले भने, ‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ ।’

उनले नेता खाँणमाथि राज्यले थप राजद्रोहको मुद्दा लगाइएको समेत आरोप लगाए । ‘ठगी मुद्दामा राजद्रोह लगाउने हो भने दिनमा १०÷२० वटा राजद्रोहको मुद्दा लाग्छ’ भने ।

उनले खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदारजस्तो व्यवहार गर्न नहुने बताए । खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुखपर्दा सहयोग गर्नुपर्ने बताए ।

सहमहामन्त्री यादवले भने, ‘तपाईंले एक लाठी खाँदा उहाँले गएर छोप्नुहुन्थ्यो । उहाँले पनि धेरै दुख गरेर आउनुभएको छ, धेरै लााठी खाएर आउनुभएको छ । सक्नुहुुन्छ भने सहयोग गरौं, सक्नुहुन्न भने असहयोग नगरौं । उहाँ हाम्रो परिवारका साथी हो ।’

प्रतिक्रिया दिनुहोस्